नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
नवलपरासी


  ग्यालरी

  समाचार

NO record found

  सूचना

  • सीमा नाका बन्द हुने सम्बन्धी सूचना २०७४-३-११

    नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय नवलपरासी सीमा नाका बन्द हुने सम्बन्धी सूचना अागामी असार १४ गते सम्पन्न हुन गईरहेको दोस्रोचरणको स्थानीय तह निर्वाचनलाई व्यवस्थित,  मर्यादित र शान्तिपूर्णरुपमा सम्पन्न गर्नको लागि मित्रराष्ट्र भारतसँग सीमाना जोडिएका यस जिल्लाको प्रदेश नं.५ अन्तर्गतका सीमा नाकाहरु मिति २०७४।०३।१२ गते साँझ ५:०० देखि मिति २०७४।०३।१४ गते साँझ ७:०० बजे सम्मको लागि बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

  • मादक पदार्थ विक्री वितरण निषेध सम्बन्धी सूचना २०७४-३-११

    नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय नवलपरासी मादक पदार्थ विक्री वितरण निषेध सम्बन्धी सूचना    आगामी असार १४ गते सम्पन्न हुन गईरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई व्यवस्थित,  मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागि यस जिल्लाको प्रदेश नं. ५ अन्तर्गतका क्षेत्रहरुमा आजै साँझ देखि निर्वाचन सम्पन्न नभएसम्मको लागि स्थानीय प्रशासन ऐन,  २०२८ बमोजिम मादक पदार्थ विक्री वितरण गर्न निषेध गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । कोही कसैले यस सूचनाको उल्लंघन गरी मादक पदार्थ विक्री वितरण गरे गराएको पाइएमा सोही ऐन बमोजिम कडा कारवाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा अवगत गराइन्छ ।

  • दोस्रो चरणको निर्वाचन विदा सम्बन्धमा । २०७४-३-८

    मिति २०७४ असार १४ गते स्थानीय तहको निर्वाचन सम्बन्धी सार्वजनिक विदा सूचना

  • निशुल्क प्रदान गरिने निवेदनका ढाँचा --

    नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय नवलपरासी सूचना ! सूचना !! सूचना !!! यस कार्यालयबाट निम्न बमोजिमका निवेदनहरुको ढाँचा निःशुल्क रुपमा उपलब्ध गराइने कुरा सम्बन्धित सबैमा जानकारी गराईन्छ  १. पतिको नाम,थर, ठेगाना कायम गरी ना.प्र.को प्रतिलिपी पाउँ २. संस्था/हातहतियार नविकरण ३. पेन्सनका लागि सिफारिस ४. रहलपहल पेन्सन सिफारिस ५. नाबालक परिचय पत्र ६. पत्रपत्रिका प्रमाण पत्र पाउनको लागि निवेदन ७. नाम,थर, जन्ममिति प्रमाणित ८. संस्था दर्ता निवेदन ९. विभिन्न किसिमका (जातियता, आयश्रोत, अविवाहित, चालन, बेरोजगारी) प्रमाणित १०. नागरिकता प्रमाण पत्र संशोधनको निवेदन ११. राहत सम्बन्धी निवेदन

  • राहदानी २०७३-१२-२४

    MRP को लागि मिति २०७३।११।१७ गतेसम्म यस कार्यालयमा आवेदन दिनुभएका सेवाग्राहीहरुको केन्द्रीय राहदानी विभाग, काठमाण्डौबाट MRP तयार भै आइसकेको र वितरण कार्य समेत भईरहेको हुँदा आफ्नो MRP लिनकाे लागि स्वयं व्यक्ति कार्यालय समयमा निम्न कागजातको साथमा यस कार्यालयमा सम्पर्क गर्नुहनु अनुरोध छ । निम्न   सक्कल नेपाली नागरीकताको प्रमाणपत्र  सक्कल नगदी रसिद  एक प्रति फोटो पुरानो राहदानी भए सो को सक्कलै राहदानी

  • राहदानी २०७३-१२-१३

    MRP को लागि मिति २०७३।११।१७ गतेसम्म यस कार्यालयमा आवेदन दिनुभएका सेवाग्राहीहरुको केन्द्रीय राहदानी विभाग, काठमाण्डौबाट MRP तयार भै आइसकेको र वितरण कार्य समेत भईरहेको हुँदा आफ्नो MRP लिनकाे लागि स्वयं व्यक्ति कार्यालय समयमा निम्न कागजातको साथमा यस कार्यालयमा सम्पर्क गर्नुहनु अनुरोध छ । निम्न   सक्कल नेपाली नागरीकताको प्रमाणपत्र  सक्कल नगदी रसिद  एक प्रति फोटो पुरानो राहदानी भए सो को सक्कलै राहदानी

  • हातहतियार बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना २०७३-१२-११

    स्थानीय तहको निर्वाचन २०७३।७४ सम्बन्धी जिल्ला प्रशासन कार्यालय नवलपरासीको   अत्यन्त जरुरी सूचना   आगामी मिति २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष¸शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न हातहतियार खरखजाना ऐन¸२०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिहरुसँग रहेका इजाजतपत्र प्राप्त हातहतियारहरु यही मिति २०७४ बैशाख १५ गते भित्र स्थानीय प्रहरी कार्यालयहरुमा अनिवार्य रुपमा बुझाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । 

  • राहदानी अाईपुगेकाे सूचना २०७३-११-२३

    MRP को लागि मिति २०७३।११।०३ गतेसम्म यस कार्यालयमा आवेदन दिनुभएका सेवाग्राहीहरुको केन्द्रीय राहदानी विभाग, काठमाण्डौबाट MRP तयार भै आइसकेको र वितरण कार्य समेत भईरहेको हुँदा आफ्नो MRP लिनकाे लागि स्वयं व्यक्ति कार्यालय समयमा निम्न कागजातको साथमा यस कार्यालयमा सम्पर्क गर्नुहनु अनुरोध छ । निम्न   सक्कल नेपाली नागरीकताको प्रमाणपत्र  सक्कल नगदी रसिद  एक प्रति फोटो पुरानो राहदानी भए सो को सक्कलै राहदानी

  • फागु पुर्णिमा (होली ) पर्वको सूचना २०७३-११-२२

    जिल्ला प्रशासन कार्यालय, नवलरासीको अत्यन्त जरुरी      सूचना!      सूचना!!   सूचना!!!   नजिकिदै आईरहेको फागु(होली) पर्वमा हो-हल्ला गर्ने, गराउने, एक अर्काको इच्छा विपरित जबरजस्ती प्लाष्टिकजन्य लोला हान्ने, रंग छयाप्ने, फोहोर छ्याप्ने, जथाभावी अबिर फाल्ने महिला वा बालिका लगायत बाटोमा हिड्ने यात्रीहरुलाई दु:ख हैरानी तथा कष्ट दिने आदि जस्ता कार्यहरु नगर्न, नगराउन तथा त्यस्ता कार्यमा नलाग्न र पवित्र फागु(होली) पर्वलाई अनुशासित, मर्यादित तथा व्यवस्थित तवरले मनाउन हुन सर्वसाधारण सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यदि कसैले कानून विपरितका कार्यहरु गरे, गराएको पाइएमा प्रचलित कानून अनुसार कारवाही भै जाने व्यहोरा समेत जानकारी गराईन्छ ।

  • जिल्ला प्रशासन कार्यालय, नवलपरासीको सूचना २०७३-७-१०

    नेपालीहरुको महान चाड तिहार २०७३ काे अवसरमा देउसी तथा भैलो लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने हुँदा सुरक्षालाई दृष्टिगत गरी देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु राति २२ः०० बजे सम्म मात्र गर्न जिल्ला प्रशासन कार्यालय, नवलपरासी सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ । साथै तिहार र छठ जस्ता पर्वहरुमा भूईचम्पा, पटका र अातसबाजी जस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताकाे स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने, चोटपटक लाग्ने तथा अागलागी भई जनधनको क्षति हुनसक्ने भएकोले तिहार तथा छठ पर्वहरुको अवसरमा त्यस्ता विष्फोटक पदार्थहरुको उत्पादन, आयात, निर्यात बिक्रिवितरण, ‌ओसार पसार तथा प्रयोग नगर्न र…



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय